काठमाण्डु - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बिहीबारकाे बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा…