देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषदले काठमाण्डुमा आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । देश विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दैछु…