काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको भुमिकामाथि प्रश्न उठाएका छन् । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कामु प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाएका हुन् । अध्यक्ष ओलीले कामु प्रधानन्यायाधीश कार्कीले सत्ता गठबन्धनलाई सहज हुने गरि फैसला गरेको आरोप…