घनश्याम भुसाल प्रकरण :कार्वाही नगर्न बहुमत नेताको एमाले अध्यक्ष ओलीलाई दबाव

काठमाण्डु – नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई कार्वाही गर्ने तयारी भएको छ । एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले कार्वाहीका लागि पत्र लेखिसकेका छन् । भुसालले एउटा निजी टेलिभिजनसंगको अन्तरवार्ता क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीकै कारण स्थानीय निकायको निर्वाचनमा पराजय भोगेको भन्दै त्यसको जिम्मेवारी लिंदै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए…