काठमाण्डुको वडा ४ मा एमाले प्यानलसहित विजयी

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको वडा नं. ४ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । एमालेका उम्मेदवार दिनेश महर्जन ४ हजार ६ सय मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार २९२ मत मात्र पाएका छन् । यस वडामा मेयरमा भने बालेन शाहकै अग्रता कायम छ…