टक खाती, काठमाण्डु - डडेल्धुरामा स्थानीय तहको निर्वाचन अन्तर्गत नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा रहेका सात वटा पालिका मध्ये पाँच पालिकामा कांग्रेसले जित निकाल्न सफल भएको हो । २०७४ सालको चुनावमा जिल्लाका सातमध्ये कांग्रेसले चारवटा पालिका जितेको थियो भने एमालेले दुई र…