तनहुँ – नेकपा एमालेले भिमाद नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार छान्न मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो । मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको…