आगलागी भएको ढल्केबर सबस्टेसनको निरीक्षण गर्न पुगे कार्यकारी निर्देशक शाक्य

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनका अध्ययन तथा निरीक्षण गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली बिहीबार त्यहाँ पुगेको छ । अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति) को अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्यसहित टोली त्यहाँ पुगेको हो । वर्षौंदेखि प्राधिकरण अन्तर्गतका वितरण पूर्वाधार संरचना मर्मत–सम्भार…