काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुबीच सबैतिर चुनावी तालमेल गरेर जाने सहमति भएको बताएका छन् । आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको र सबैतिर तालमेल गरेर जाने सहमति भएका बताएका हुन् । 'मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ…