काठमाण्डु - नेपालमा आगामी फागुन २१ गते निर्वाचनको तयारी भइरहँदा विभिन्न दलका नेताहरूको दिल्ली दौड बाकिलिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीबाट फर्केलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले पनि नयाँ दिल्ली प्रस्थान गरेका छन् । उपसभाति वाग्ले बुधबार बिहान इन्डिगो एअरको उडानबाट भारतको राजधानी नयाँ दिल्ली उडेका हुन्…