काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले बुधबार आफ्नो पक्षको विशेष महाधिवेन घोषणा गर्दै छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा महामन्त्रीद्वय निर्णायक चरणमा आमनेसामने भएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको आह्वान गर्न लागेका हुन्…