काठमाण्डु - मिथिलामा शनिबारदेखि छठ पर्व औपचारिक रूपमा सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि नदी तथा पोखरीमा घाटहरू निर्माण र सिँगार्ने काम भइरहेको छ। जनकपुरधामको गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतका वर्ष जस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिएको जानकारी दिए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा…