गण्डकीका मन्त्री दोबाटेले सम्हाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाण्डु – गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हालेका छन् । विनाविभागीय मन्त्री बनेको करिब अढाई महिनापछि उनले आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हालेका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत बुधबार मन्त्री विश्वकर्मालाई आफुसँगै रहेको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिन प्रदेश प्रमुखसमक्ष सिफरिस गरेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मन्त्रालयको…