काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सम्पत्ति छानविन गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् । यसअघि प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु सार्वजनिक…