कांग्रेस प्रदेश २ उपसभापतिमा सिंह र यादव निर्वाचित

काठमाण्डु – नेपाली कांग्रेस प्रदेश–२ उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा सिंह एक हजार १९ र यादव ८९५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र…