काठमाण्डु – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् । साथै उनले एक पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरूप्रति…