कोपा अमेरिकाको फाइनल सोमबार बिहान, अर्जेन्टिना र कोलम्बियाबीच भिडन्त हुँदै

काठमाण्डु - कोपा अमेरिका फुटबलको फाइनलमा सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच भिडन्त हुने भएको छ । यो खेल सोमबार बिहान पौने ६ बजे फ्लोरिडाको मियामी गार्डेन्समा रहेको हार्ड रक स्टेडियममा शुरु हुनेछ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै उपाधि नजिकै पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो ।…