कांग्रेसका ७ र एमालेका ४ नेता बने पहिलो पटक मन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ७ सांसदलाई पहिलो पटक मन्त्री बनाएर पठाएको छ । त्यस्तै एमाले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ४ सांसदलाई पहिलो पटक मन्त्री बनाएको छ । प्रधानमन्त्री ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्…