यी हुन् ओली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका आठ निर्णय

काठमाण्डु-  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ । सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आठ  वटा निर्णय गरेको हाे । जसअनुसार बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ । क्रिकेट रंगशाला बनाउन ३०० दिनको समयसीमा पनि सरकारले तोकेको छ ।…