क्यानडामा ८० जना यात्रु बोकेको विमान पल्टियाे

काठमाण्डु– क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना यात्रु बोकेको विमान पल्टिएको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । दुर्घटनामा सबैको सकुसल उद्दार गरिएको छ भने ३ जनाको अवस्था गम्भीर रहेको बिबिसिले जनाएको छ । दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ ।…