काठमाण्डु – संविधानमा आवश्यक संशोधनसहित गठबन्धन गरेर सरकार सञ्चालन गर्ने गरी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सातबुँदे लिखित सहमति भएको छ । सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै दलले सहमतिको लिखित रुप त सार्वजनिक गरेका छैनन्, तर गर्ने सहमति…