सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै एमालेको बन्दसत्र हल अगाडि नाराबाजी

चितवन - सौरहास्थित एमालेको १० औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ । वडा र पालिकास्तरमा…