त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला: नेपालद्वारा थाइल्यान्डसामु १०२ रनको लक्ष्य

काठमाण्डु - त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्यान्डसामु जितका लागि १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् ।…