काठमाण्डु- भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएपछि दर्जनभन्दा धेरैको ज्यान गएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार बुधबार बिहान भएको यस घटनामा १४ जनाको मृत्यु भएको छ। तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन। भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्।…