काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना २०८० तथा चालू आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम प्रहरी प्रधान कार्यालयमा भएको छ । मंगलबार भएको समीक्षाका अवसरमा आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन गरे । कार्यक्रममा आईजीपी कुँवरले…