काठमाण्डु – सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधानहरूप्रति मिडिया राइट्स् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले मंगलबार संसद्मा दर्ता गराएको विधेयकमा रहेका कतिपय प्रावधानहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध रहेको मिडिया राइट्स् नेपालले ठहर गरेको छ । बुधबार विज्ञप्ति जारी…