काठमाण्डु - सरकारले ल्याएका ६ अध्यादेशलाई विपक्षी दलहरूले स्वीकार नगर्ने निर्णय गरेका छन् । यसले शुक्रबारबाट सुरु हुन लागेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा सत्ता र प्रतिपक्षबीच टकराव हुने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत विधि र प्रक्रियामार्फत् अध्यादेश ल्याएको…