काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनकाबीच प्रधानन्यायाधीश जबराले आफूसहितको इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश जबरासहित १६ न्यायाधीशका लागि १० वटा इजलासका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल…