काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विवादमा आफ्नो पार्टी नबोल्ने बताएका छन् । मंगलबार बिहान प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा आफुुहरु नपस्ने बताएका हुन् । ‘हामीलाई सर्वोच्च अदालतको अशोभनीय गुटबन्दी वा दाउपेचमा फस्नु छैन । हाम्रो चिन्ता अदालतलाई जनताले विश्वास गर्ने,…