काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र समसर जबराको राजीनामा नआएसम्म इजलासमा नबस्ने निर्णय गरेका छन् । सोमबार सर्वोच्चमा बसेको बहुमत न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त्र नगरेसम्म इजलासमा नबस्ने लिखित निर्णय गरेको हो । उनीहरुले मंगलबार प्रधानन्यायाधीशलाई भेटेर लिखित रुपमा राजीनामा दिन आग्रह गर्ने भएका छन् । न्यायालयभित्र विकृति फैलाउने काम गरेको भन्दै न्यायाधीशहरुले…