खोटाङमा एमालेको वडा अधिवेशन : महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन

खोटाङ – खोटाङमा नेकपा एमालले वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला निर्वाचित गरेको छ । विधानमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराएको एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ मा भने सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित गरेको छ । महिला नै प्रमुख अतिथि रहेको अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको…