काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । चौथो वरीयतामा माओवादी केन्द्रबाट मन्त्री बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छिन् । पाँचौँ…