विद्यालय भवनको अनियमिततामा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु – कालिकोटको पलाँता गाउँपालिका–१ कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार आरोपीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख…