काठमाण्डु– सत्तारुढ दलहरुबीच मन्त्रालय बांडफांडमा सहमति जुटेको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार दलहरुबीच मन्त्रालयको संख्या र मन्त्रालय बांडफांडमा सहमति जुटेको हो । प्रधानमन्त्री नियुक्त भएको ८४ दिन बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ । दलहरुबीच मन्त्रालय भागवण्डामा बिवाद हुंदा मन्त्रिमण्डल विस्तार हुन सकिरहेको थिएन ।…