मन्त्रीको नाम टुंग्याउन दलहरु छलफलमा, नेकपा एसले उपसभामुखमा रामकुमारी झाँक्रीलाई पठाउने 

काठमाण्डु – सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डालाई अन्तिम रुप दिने तयारी गरेको छ । हिजो बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुङ्याएको थियो । हिजोको सहमतिलाई अन्तिमरुप दिएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ । हिजो साँझै मन्त्रिपरिषद विस्तार गर्ने भनिएतापनी मन्त्रीको नाम टुङ्गो लाग्न नसक्दा विस्तार हुन सकेन । आज साँझ…