बालुवाटारमा कांग्रेसको बैठक : तीन मन्त्रालय पाउनुपर्ने पौडेल समूहको माग

काठमाण्डु – मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारका बारेमा छलफल भएको बुझिएको छ । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला लगायत नेताहरु रहेका छन् । छलफलमा पौडेल समूहले तीन मन्त्रालय आफुहरुले पाउनुपर्ने माग…