काठमाण्डु - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइका पदाधिकारीसँग भर्चुअलमार्फत छलफल गरेको बारले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । साथै बारले काठमाण्डु उपत्यकामा रहेका कानुन व्यवसायीलाई…