२४ घन्टा नबित्दै न्यायाधीशहरुले तोडे प्रतिवद्धता, बन्दीका मुद्धा पनि हेरेनन्

काठमाण्डु – बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन् । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाइ गर्ने सहमति बनेको थियो । प्रधानन्यायाधीशले आफुलाई मुद्दा नतोक्ने, बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि हिजो न्यायाधीशहरुले बन्दीका निवेदनमा सुनुवाइ…