काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । यसअघि नेपाली कांग्रेससँग गरेको आलोपाले सरकार चलाउने सहमतिअनुसार उनले सोमबार साँझ पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शाहीले राजीनामा दिएसँगै कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । गत बैशाखमा…