काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले संयक्त धारणा बनाउने बताएका छन् । जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको विवादबारे एक–दुई दिनमै गठबन्धनको बैठक बसेर सामूहिक धारणा बनाउने बताएका हुन् । उनले गठबन्धन दलको बैठक बस्नेबित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरूले दृष्टिकोण बाहिर ल्याउने बताए…