काठमाण्डु – बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजेन्द्रप्रसाद पाण्डेले दाबी पेश गरेका छन् । मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आजै साँझ दाबी पत्र बुझाएका हुन् । उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ…