राष्ट्रिय गौरवका आयोजनाको छनौटमा मापदण्ड बनाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । आज शुक्रबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निश्चित मापदण्ड तय गरेर मात्रै आयोजनाहरूको छनौट गर्न उपयुक्त हुने बताए । राष्ट्रिय गौरवका आयोजनाको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको…