बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्धाको सुनुवाइ फेरि स्थगित

काठमाण्डु – पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा नेता नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धा न्यायाधीशद्वय तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो । तर, निवेदकका तर्फबाट कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गरेपछि आज सुनुवाई हुन नसकेको हो ।…