काठमाण्डु – प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टी रोजेका छन् । सांसदहरु रानीशर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका हुन् । यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब योसँग लोसपामा…