संखुवासभा – नेकपा एमाले संखुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले शनिबार जिल्ला समन्वय समितिको सहलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी रोज्ने घोषणा गरेका हुन् । नेकपा एमालेका २६ जना सचिवालय सदस्य मध्ये १५ जना समाजवादीमा खुलेका छन् । सचिवालय सदस्यहरू…