अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्नः शेखर कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे विरोध जनाएका छन् । सत्तारुढ दलका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राजकाजबाट सत्ता चलाउने सोचले ल्याएको अध्यादेशको समर्थन गर्न नसकिने बताएका छन् । उनले सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता देखाउनुपर्नेमा प्रधानमन्त्रीको उक्त कदम कांग्रेसको संस्कारभित्र नपर्ने बताए ।…