काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री जगत प्रसाद गौचनले राप्रपाको गौरवमय विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । जसको नीति उसैको नेतृत्वको नारा अघि सार्दै नेतृत्वको भार थाम्न आफू तयार रहेको गौचनले घोषणा गरेका हुन् । राजसंस्था र हिन्दुराष्टको लक्ष्य अवसरवाद र सत्ता लोलुपताले अवरोध गरेको उनको निष्कर्ष छ…