दोस्रो पटक पदमुक्त भएका कृष्ण थापा फेरी सर्वोच्चमा

काठमाण्डु – राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका पदमुक्त सांसद कृष्ण थापा फेरी सर्वोच्च अदालत पुगेका छन् । दोस्रो पटक पदमुक्त भएका थापाको रिट न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा चढेको छ । विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार बनेका कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीले जेठ २८ गते थापालाई दोस्रोपटक पदमुक्त गरेको थियो । पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा…