काठमाण्डु – संविधान संशोधनका विषयमा सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल,सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । सरकारले जसपाको माग सम्बोधन गरेकाले महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने जनाइसकेको…