गण्डकीमा अर्थ मन्त्रालय छोड्न जसपा तयार

पोखरा – गण्डकीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आइरहेको जनता समाजवादी पार्टी (जसपा) अर्थ मन्त्रालय छोड्न तयार भएको छ । मन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या आउन लागेको भन्दै जसपाका विनाविभागीय मन्त्री हरिशरण आचार्यले अर्थ मन्त्रालयको दाबीबाट पछि हटेको बताए । उनले मन्त्रिमण्डल विस्तार र मन्त्रालय टुंगाउन नसक्नुमा कांग्रेस र माओवादी केन्द्र जिम्मेवार रहेको बताए ।…